मोटरसाइकलको ठक्करबाट गोदावरीकी एक महिलाको मृत्यु

अत्तरिया – कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका – ३ चौकीडाँडा भित्री सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो ।

maya metro hospital
raunak fals and silling

बिहीवार साँझ सु.प.प्र ०१००९ प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द घाइते भएकी थिइन् । उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

ठक्कर दिने मोटरसाइकलका चालक सुरेन्द्र भण्डारी घाइते भएको र उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.