गोदावरीमा आजदेखि प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता सुरु

अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता सुरु भएको छ । गोदावरी नगरपालिका – ३ मा रहेको गोदावरी नगर विकास समितिको आयोजनामा प्रथम वडाध्यक्ष कप पुरुष डबल वडास्तरिय ब्याटमिन्टन प्रतियोगीता सुरु गरिएको हो ।

maya metro hospital

joshi vada pasal 2

प्रतियोगिताको एक कार्यक्रका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै बमले स्वास्थ्यका लागि खेलकुद एकदमै आवश्यक रहेको बताए । उनले खेलकुद संग सम्बन्धित व्यक्तिको रोग संग लड्ने क्षमता एकदमै राम्रो हुने बताए ।

‘मैले आज ब्याटमिन्टन प्रतियोगिता संगै यस क्षेत्रमा बन्ने ब्याटमिन्टन कोर्टको पनि उद्घाटन गर्ने मौका पाएकोमा एकदमै उत्साहीत छु’ उनले भने ‘मैले यसै ठाउँमा आएर पनि प्रत्येक वडामा एक–एक खेल मैदान निर्माण गराउने प्रयत्न गर्ने छु भनेको थिए । अहिले मैले सोचेको भन्दा राजनीतिक परिस्थिती केहि भिन्न हुन भएको छ । तर, पनि म के विश्वास दिलाउन चाहन्छु भने सिलान्यास गरेको इन्डोर ब्याटमिन्टन कोर्ट पुर्ण हुनेछ । त्यसका लागि प्रदेश सरकारको बजेट र मेरो अधिकार दुवैको समिश्रणबाट प्रयत्न गर्ने छु ।’

उनले आफ्नो पहिलो प्राथमिकता खेलकुद हुने र, आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका १४ वडामै खेलकुद मैदान बनाउनको लागि प्रयत्न गर्ने बताए ।
प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीताको उद्घाटन संगै प्रदेश सासंद बमले सोही स्थानमा निर्माण हुन लागेको ब्याटमिन्टनको ईन्डोर संरचनाको समेत शिलान्यास गरेका थिए ।

प्रतियोगीता अन्तरगत पहिले समुह चरणका लिग खेल र त्यसपछिका खेलहरु नकआउट प्रणाली अनुसार खेलाईने प्रतियोगीता संयोजक छत्र बहादुर रोकायाले जानकारी दिएका छन् ।

गोदावरी नगर विकास समितिका अध्यक्ष टेक साउँदको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया, वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, मालाखेती अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगीतामा प्रथम हुने टिमले नगद १५ हजार १ सय रुपैयाँ पाउनेछ भने द्धितिय हुने टिमले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । यस्तै प्रतियोगीताको तृतिय हुने दुई वटा टिमले ३ हजार ५ सय र ३ हजार रुपैयाँ पाउनेछ । प्रतियोगीताका लागी करिब १ लाख भन्दा बढी लगानी लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा गोदावरी नगरपालिकाका १८ वटा टिमको सहभागित रहेको छ । प्रतियोगिता भोलि सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.