कहिले पढ्न पाउन्छन् गोदावरीका विद्यार्थीले स्थानीय पाठ्यपुस्तक ?

अत्तरिया – राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारुपले स्थानीय पेशा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।

maya metro hospital

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा अगाडी सारिएको थियो । स्थानीय सरकार बनेपछि धेरैजसो ठाउँमा अहिले स्थानीय पाठ्यक्रम निर्माण गरेका भएपनि केहिले भने ५ बर्ष वितिसक्दा पनि स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

joshi vada pasal 2

कैलालीको गोदावरी नगरपालिकाले गत बर्ष मात्रै १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम बनाएको भएपनि त्यसको कार्यान्वयमा भने अन्योल नै छ । स्थानीय तहले कक्षा १ देखि ८ सम्म १ सय पुर्णाङ्कको स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भएपनि ५ बर्ष वितिसक्दा पनि सो काम पुरा हुन सकेको छैन ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर कमिटीका अध्यक्ष नरेन्द्रराज शर्माले नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउन गरेको ढिलासुस्तीका कारण शिक्षाको गुणस्तर खस्किरहेको बताए ।

उनले नगरपालिकाले जसोतसो १ देखि ३ सम्मको पाठ्यक्रम बनाएको भएपनि त्यसका लागि आवश्यक पाठ्यपुस्तक नबनाउँदा अध्यापन अपुरो भएको बताए ।

‘विद्यालयहरुमा पाठ्यक्रम पठाइएको छ । तर, उक्त पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक छैन’ उनले भने ‘जसका कारण शिक्षकहरुले मनलाग्दी रुपमा पढाइरहेका छन । एकरुपता छैन् ।’ उनले स्थानीय सरकार आएको ५ बष वितिसक्दा पनि अहिले सम्म १ देखि ८ सम्मको पाठ्यक्रम बनाउन नसकेको बताए ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले भने चालु आर्थीक बर्षको बजेटमा ४ देखि ८ कक्षाको पाठ्यक्रम बनाउनको लागि बजेट विनियोजन गरिएको बताए । उनले आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी पाठ्क्रमग तयारी गरिने बताए । ‘हामीले १ देखि ३ सम्मको पाठ्यक्रम बनाइसकेका छौ’ उनले भने ‘४ देखि ८ सम्मको पाठ्यक्रम बनाउनको लागि हामीले यस बर्ष बजेट विनियोजन गरेका छौ । केही दिनमा पाठ्यक्रम निर्माण समिति बनाएर यसको कार्यान्वयन गरिने छ ।’ उनले कक्षा १ देखि ३ सम्मको लागि पाठ्यपुस्तक आवश्यक नभएको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले नगरपालिकाले चालु आर्थिक बर्षमा पाठ्यक्रम निर्माणको सबै काम सकिने बताए । उनले कक्षा १ देखि ३ सम्मका लागि तयार पारिएको पाठ्यक्रममा स्थानीय विषयबस्तु समेटिएको बताए ।

१ देखि ३ सम्मको पाठ्यक्रमका लागि भने पाठ्यपुस्तक आवश्यक नरहेको उनको तर्क छ । ‘हाम्रो मान्यता पाठ्यक्रम भएमा शिक्षकले पठाउन सक्छ भन्ने हो’ उनले भने ‘पठाउनको लागि पाठ्यपुस्तक नभएर पाठ्यक्रम आवश्यक पर्ने गर्दछ । यो सम्बिधान जस्तै मुल कानुन हो ।’ उनले विद्यार्थीको सहजिकरणका लागि पाठ्यपुस्तक आवश्यक भएपनि पठाउनको लागि आवश्यक नभएको बताए ।

शिक्षा शाखा प्रमुख जोशीले पनि कक्षा १ देखि ३ सम्म पुस्तक हातमा दिएर भन्दा पनि क्रियाकलापबाट नै सिकाउने सरकारकै नीति भएकाले पाठ्यपुस्तक खासै आवश्यक नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.