हाँस्यटेली सिरीयल नसानाडीको छायांकन शुरु

धनगढी – जनचेतना सन्चार समुहद्वारा सञ्चालीत हाँस्यटेली सिरीयल नसानाडीको छायांकन शुरु भएको छ । छायांकन कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ मा रहेको राजघाटमा छायांकन गरेको शुरु गरेको संस्थाका अध्यक्ष बिजय राज जोशीले जानकारी दिएका छन् ।

maya metro hospital

आज एक कार्यक्रमका बिच सिरीयलको छायाँकनको शुरुवात गरिएको छ । उक्त सिरीयलले समाजमा भएका बिकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।

joshi vada pasal 2

सिरीयलको कथा/पटकथा/सम्बाद/लेखन र निर्देशन निखिल आचार्य, दिर्घ शाही र विजय जोशीले गरेका छन्, भने सो सिरियलको छायांकन देबेन्द्र पाण्डेले गरेका हुन्। सिरियलको प्रसारण ’निउज नेपाल टेलिभिजन’ ले गर्ने भएको छ ।

उक्त सिरीयल आउँदो फागुन १५ गते सोमवार राती ८ बजे देखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ । सिरीयलमा निखिल आचार्य, दिर्घ बहादुर शाही, सुदिप थापा,विजय राज जोशी, नरेश प्रसाद जोशी, मोहन पनेरु,सुरज चन्द,जमुना साउँद, सिता चौधरी, सृजना भट्ट लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

सोको ओपनिङ गितमा स्वर संगीत÷संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.