बैतडी – बैतडीको पाटन नगरपालिका – ९ का वडा अध्यक्ष कालुसिंह भाटले एक विद्यालयमा आफ्नै लगानिमा सरस्वती मन्दिर निर्माण गरेका छन् । वडा नम्बर ९ स्थित सरस्वती आधारभूत विद्यालय किचारमा भाटले आफ्नै लगानीमा मन्दिर निर्माण गरेका हुन् ।

बिहीबार श्रीपञ्चमीको अवसर पारेर २ लाख ११ हजार ७७५ रुपैंयाको लागतमा निर्माण भएको सरस्वती मन्दिरको उद्दघाटन गरिएको छ । आफ्नो पारिश्रमिकबाट आएको रकम विद्यालयको सरस्वती मन्दिर निर्माणमा खर्च गरेको उनले सुनाए ।

यसअघि आफ्नो पारिश्रमिकबाट वडाबासीको विद्युत बिल तिर्दै आएका अध्यक्ष भाटले बचेको रकम विद्यालयमा सरस्वती मन्दिर निर्माणमा खर्च गरेको बताए । उनले भने ‘मैले निर्वाचनकै बेला आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने घोषण गरेको थिँए । सोही अनुसार सामाजिक कार्य गर्दै आएको छु ।’

बिहीबार सरस्वती मन्दिर समुद्दघाटन कार्यक्रममा बोल्दै अध्यक्ष भाटले आफूले जनप्रतिनिधि रहँदा सम्म पारिश्रमिक बापत पाइने रकम सामाजिक कार्यमा खर्च गर्ने बताए ।