कैलालीबाट खैरो हेरोइन सहित १ जना पक्राउ

धनगढी – कैलालीबाट लागु औषध खैरो हेरोइन सहित १ जना पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट स्थानीय ४० वर्षीय विजय मल्ल लागु औषध खैरो हेरोइन सहित पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ परेका मल्लको साथबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय लम्कीचुहाका इन्स्पेक्टर शङ्कर खड्काले बताएका छन ।

citizen security services

इन्स्पेक्टर खड्का नेतृत्वको टोलीले उनलाई लम्कीचुहा नगरपालिका–१ स्थित राजपुर स्थित लम्की–टिकापुर सडक खण्डबाट पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको थियो । उनीमाथि लागु औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.