कैलालीमा भेटिएको शवको पहिचान खुल्यो

धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकामा फेला परेको शवको पहिचान खुलेको छ । गाउँपालिकाको वडा नम्बर २ बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको शव स्थानीय ४१ वर्षीय सकै चौधरीको रहेको प्रहरीले जनाएको छ ।

maya metro hospital

इलाका प्रहरी कार्यालय बौनियाँका अनुसार चौधरी माघ ३ गते देखि बेपत्ता थिए । उनको खोजीका लागी आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदन समेत दिएका थिए ।

citizen security services

बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । शवको शरिरमा चोटपटक लागेको नपाइएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.