धनगढी – कैलालीमा एक पुरुषको शव फेला परेको छ । बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव फेला परेको हो ।


बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सिमाना पर्ने बौनियाँ नालामा फेलापरेको शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शव अन्दाजी ४०÷४५ वर्षीय पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
