शाहरुख खानको फिल्म पठानको भव्य ओपनिङ, बाहुबलीलाई उछिन्यो

बलिउड सुपरस्टार शाहरुख खानको फिल्म पठानले रिलीज भएको पहिलो दिन बुधवार भव्य ओपनिङ गरेको छ । चार वर्षपछि ठूलो पर्दामा देखिएका शाहरुखको यस फिल्मलाई बहिष्कार गर्न माग गरिएको भए पनि दर्शकहरू फिल्म हेर्न हलमा ओइरिएका छन् ।

maya metro hospital

पठानले पहिलो दिनमा बाहुबली फिल्मको कमाइलाई पछि पारेको छ । बक्स अफिस इन्डियाका अनुसार, सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानले बुधवार ५१ करोड भारुको कीर्तिमान कमाइ गरेको छ । दर्शकहरू सिनेमाघरमा गएर सिट्ठी बजाउँदै अनि नाच्दै फिल्म हेरिरहेको भिडियो पनि सार्वजनिक भएको छ ।

joshi vada pasal 2

फिल्मप्रति दर्शकको क्रेज अत्यधिक रहेकाले हलहरूले शो बढाएका छन् । बिहान ६ बजेदेखि राति ११ः३० बजेसम्म पनि शोहरू राखिएका छन् । निकै रातिका शोहरू पनि हाउसफुल छन् ।

साताको मध्यभागमा रिलीज भएको फिल्मको यो कमाइ निकै राम्रो हो । बाहुबली २ ले साताको मध्यमा रिलीज भएर गरेको कमाइलाई पठानले पछि पारेको छ ।

यस अर्थमा पठानले सन् २०२२ मा रिलीज भएको केजीएफ २ लाई पनि जितेको छ । केजीएफ २ शुक्रवार रिलीज भएर पहिलो दिन ५२ करोड भारु कमाएको थियो तर पठान साताको मध्यमा आएर पनि ५१ करोड भारु कमाउन सफल भयो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.