सुदूरपश्चिमका मुख्यमन्त्री रावलद्धारा सरस्वती पूजाको शुभकामना

 

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री रावलले एक शुभकामना सन्देश जारी गर्दै विद्या, बुद्धि, कला र संगीतको उन्नयनसंग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरेका हुन ।

maya metro hospital

उनले शुभकामना सन्देशमा वसन्त पञ्चमीसाई सरस्वती प्रकट भएको दिन मानेर विद्याकी देवीका रूपमा प्राचिन कालदेखि चलिआएको बताएका छन ।

joshi vada pasal 2

‘वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानव जातिलाई असल र खराब छुट्याई असल कुरालाई ग्रहण गर्न उत्प्रेरित गर्दछ’ शुभकामना सन्देशमा भनीएको छ ‘सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो । विद्याले व्यक्तिको क्षमता अभिवृद्धि गर्छ । त्यसैले आजको दिन वालवालिकालाई अक्षारम्भ गराउदा दिगो शिक्षा प्राप्त हुने विश्वास छ ।’

उनले प्रारम्भिक बाल विकास तहदेखि विद्यालय हुँदै विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको औल्याएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.