मृतक व्यवसायी आचार्यको आत्मशान्तिका लागि अत्तरियामा दीप प्रज्वलन

अत्तरिया – संघीय संसद् भवनअगाडि आत्मदाह गरी निधन भएका प्रेमप्रसाद आचार्यको आत्मशान्तिका लागि कैलालीको अत्तरियामा दीप प्रज्वलन गरिएको छ । व्यवसायी युवाहरुले अत्तरिया चोकमा बुधबार साँझ दीप प्रज्वलन कार्यक्रम गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा व्यवसायी युवाहरुले राज्यले व्यवसायीहरुलाई सहज वातावरणका साथ व्यवसाय गर्ने बाटो सिर्जना नगरेको गुनासो गरे ।

maya metro hospital

चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष विनोद मल्लले यो समस्या एक व्यवसायीको मात्र भोगाई नभएर यो देशकै अधिकांश व्यवसायीहरुको पिडा रहेको बताए । उनले मृतक आचार्यलाई व्यवसायी सहिद घोषणा गर्नुपर्ने बताउदै उनको घरपरिवारको जिम्मा सरकारले लिनुपर्ने बताए ।

joshi vada pasal 2

व्यवसायी संघसंस्थाले पनि यसमा गम्भीर हुन जरुरी रहेको उनको भनाई छ । मृतक आचार्यले व्यवसायीका कारण आर्थिक रुपमा डुबेको र त्यसका लागि सरकारी नितीहरु दोषी रहेको सामाजिक सञ्जालमा आत्मदाह गर्नुभन्दा पहिले लेखेका थिए ।

उनले सोही कारणबाट आफूले मानसिक समस्या भोगेको र कुनै उपाय नदेखेपछि आत्मदाहको बाटो रोजेको सामाजिक सञ्जालमा उल्लेख छ । बिभिन्न ठाउबाट लिएको ऋणबाट प्रेसर धान्न नसकेर उनले आत्मदाह गरी ज्यान गुमाएका छन् । मंगलबार शरीरमा पेट्रोल हालेर संघीय संसद् भवनअगाडि आत्मदाह गरेका आचार्यको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.