आजदेखि मौसम सफा हुने

 

आज विहीबारदेखि मौसम सफा हुँदैछ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो ।

maya metro hospital

आजदेखि ती क्षेत्रमा पनि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन ।

citizen security services

पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । शनिबारदेखि भने अर्को प्रणाली भित्रने सम्भावना रहेको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.