कञ्चनपुरबाट अवैध काठ वरामद

पुनर्वास – कञ्चनपुरको पुनर्वासबाट प्रहरीले अवैध काठ वरामद गरेको छ । पुनर्वास नगरपालिका – ११ अमरबस्तीबाट प्रहरीले ४ हजार ५ सय क्यु फिट अवैध गोलिया काठ वरामद गरेको हो ।

maya metro hospital

अमरबस्ती स्थित कालोपुल नजिक बिन्दबासिनी मन्दिर देखि मदन टोल जोड्ने भित्री पक्की सडक किनारमा वेवारिसे अवस्थामा रहेको काठ प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

joshi vada pasal 2

प्रहरी निरीक्षक नरेश राज मल्लले बरामद गरिएको १२ थान ४ हजार ५ सय क्युफिट गोलिया काठ आवश्यक कारवाहीको लागि कुण्डा सव डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.