अत्तरिया – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अशोक सिंहले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको अनुगमन तथा निरीक्षण गरेका छन ।


बुधबार उनले प्रदेश ट्राफिक कार्यालयको आन्तरिक तथा बाह्य अनुगमन तथा निरीक्षण गरेका हुन । अनुगमनका क्रममा प्रदेश प्रमुख सिंहले विभागिय आवश्यक निर्देशन दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
