कञ्चनपुरमा खर काट्न गएकी महिला हात्तीको आक्रमणमा परेर घाइते

कञ्चनपुर – कञ्चनपुरमा खर काट्न गएकी एक महिला हात्तीको आक्रमणमा परेर घाइते भएकी छिन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएकी आरक्ष विस्थापित शिविरमा बस्ने ५० वर्षीया ललु सार्की घाइते भएकी हुन् ।

maya metro hospital

बुधबार दिउँसो खर काट्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको घाइतेका श्रीमान् गिरी सार्कीले बताएका छन् ।

citizen security services

घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.