कैलालीबाट फरार दुई प्रतिवादी पक्राउ

धनगढी – कैलाली प्रहरीले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो ।

maya metro hospital

उनीहरु लुकिछिपी बसिरहेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । २०६९ चैत १३ गते फैसला भएपछि चौधरी फरार भएका थिए ।

citizen security services

यसैगरी, वन मुद्दामा कठरियालाई २०७४ जेठ २९ गते अदालतले छ महिना कैद सजाय सुनाएको थियो । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.