सुदूरपश्चिममा खुल्ला पेट्रोलियम पदार्थ बिक्री गरे कारवाही गरिने

अत्तरिया – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले खुल्ला रुपमा पेट्रोलियम पदार्थको विक्री गरे कारवाही गर्ने जनाएको छ ।

maya metro hospital

प्रदेश प्रहरी कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै अति प्रज्वलनशिल पदार्थ खुल्ला रुपमा बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका साथै मानविय तथा भौतिक समेत क्षति हुने भएकाले खुल्ला रुपमा पेट्रोलिय पदार्थ बेचेको पाइए कानुन बमोजिम कारवाही गरीने उल्लेख छ ।

joshi vada pasal 2

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक भरत बहादुर चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेशका विभिन्न स्थानहरुमा अवैधानिक रुपले फुटकर बिक्रेताले गैर कानूनी खुल्ला रुपमा पेट्रोलियम पदार्थ पानीको बोत्तल, जर्किन लगायतमा राखि बिक्री वितरण गरेको अनुगमनका क्रममा पाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.