सुदूरपश्चिमकी उपसभामुखले दिइन पार्टीबाट राजीनामा

अत्तरिया – सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा एमालेबाट राजीनामा दिएकी छिन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै उपसभामूख पदमा रहँदासम्मको लागि आफू आवद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलक भएको जनाएकी छिन् ।

maya metro hospital

विज्ञप्तीमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ । उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको सपथ ग्रहण गरेकी थिइन् । सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुख बनेकी थिइन् ।

joshi vada pasal 2

५५ वर्षीया चौधरी तत्कालीन समयमा कमैयाको परिवारमा जन्मेकी थिइन् । उनी २०५१ देखि एमालेको राजनीतिमा सहभागि भएकी थिइन् । त्यसपछि २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा उनी तत्कालीन उर्मा गाउँ विकास समितिमा वडा नम्बर ९ को सदस्यमा निर्वाचित भएकी थिइन् ।

पछि उनी किसान संगठनको जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटीमा पनि पुगेकी थिइन् भने २० वर्षभन्दा बढी समय एमालेको कैलाली जिल्ला कमिटीसँग आबद्ध चौधरी एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभाको सदस्य बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.