भूकम्पले बाजुराका ५८ घरमा क्षति

बाजुरा – जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ ।

maya metro hospital

मङ्गलबार अपराह्न २ः४३ बजे आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन् । स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन् । ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

citizen security services

उनले भूकम्प आएपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको बताए ।

attariya hospital

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाएर भीरबाट ढुङ्गा खसेर टाउकामा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पका कारण जिल्लामा तीनजना घाइते भएका छन् । घाइते भएका तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गौमूल–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की चन्द्रा महत र हुम्ला जिल्ला घर भई हिमाली–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले बताए । बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महतलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

वनमा चराउन लगिएका ५० भेडा चट्टान फुटेपछि च्यापिएर मरेका छन् । गौमूल–१ अम्लिसका राजदल बोहराका ५० भेडा भिरको चट्टान भूकम्पले फुटेर चरिरहेका भेडा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिच्छयाँ सञ्चार सम्पर्कबाहिर

यसैबीच भुकम्पको केन्द्र बिच्छयाँ सम्पर्कविहिन भएको छ । भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको डीएसपी थापाले बताएका छन् । अन्य ठाउँको क्षतिको विवरण आएपनि भूकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छयाँको बारेमा भने सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

बिच्छयाँ प्रहरी चौकीमा सम्पर्क हुन नसक्दा त्यहाँ के कति क्षति भयो कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । भूकम्प गएको बेला एकपटक सम्पर्क भएको थियो, त्यो बेला प्रहरी चौकी चर्किएको नजिकैको घरहरु चर्केको जानकारी आएको हो, त्यो पछि सम्पर्क हुन नकसेको डिएसपी थापाले वताए ।

बिच्छयाँ क्षेत्रमा हिमपात भइरहेका कारण फोन अवरुद्ध हुदा के कति क्षति भएको कुनै पनि विबरण नआएको प्रहरीले जनाएको । बिच्छयाँ प्रहरी चौकीमा सञ्चारसेट पनि नरहेको प्रहरीले जनाएको छ ।

केन्द्रबिन्दु भएको क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन । क्षतिको विवरण आउन बाँकी रहेको छ, गाउँपालिका बाट त्यहाँ पुग्न दुई दिन लाग्ने गरेको भण्डारीले बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.