बाजुरामा भुकम्पसंगै पहिरो आउँदा एक महिलाको मृत्यु

बाजुरा – बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले भुकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ हिंडेको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.