भूकम्पले बाजुरा र बझाङमा घर भत्किए

 

अत्तरिया – सुदूरपश्चिममा मंगलबार दिउँसो २ः४४ बजेको समयमा भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको मैला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिम सहित कर्णाली, लुम्बिनी प्रदेश सहित भारमा पनि महशुस गरिएको थियो ।

maya metro hospital

भुकम्पले बाजुरा र बझाङमा घर लगायतका संरचना भत्किएको विवरण आएका छन । बाजुराको बडिमालिका नगरपालिका–७ मा घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० सूर्य थापाले उक्त क्षेत्रमा २ वटा घर भत्किएको विवरण आएको बताए ।

citizen security services

भूकम्पले हिमाली गाउँपालिकामा पनि एक विद्यालयको भवनमा क्षति पुगाएको छ । हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले वडा नम्बर ६ मा रहेको एउटा विद्यालय भवनमा क्षती पुगेको बताईन । उनका अनुसार वडामा दुई वटा घर पनि भत्किएका छन् ।

attariya hospital

यस्तै बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ ।

उक्त भवन र सदरमुकाम चैनपुरमा रहेको सन्तोष प्लाजाको छतमा बनाएको मन्दिर समेत भूकम्पले भत्काएको छ ।

अन्य क्षतिको विवरण भने हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.