सुदूरपश्चिमका समानुपातिक उम्मेदवारको खर्च विवरण सार्वजनिक

धनगढी – सुदूरपश्चिम प्रदेश सभा तर्फका समानुपातिक उम्मेदवारहरुको खर्च विवरण सार्वजनिक गरिएको छ । प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनका क्रममा समानुपातिकबाट निर्वाचित प्रदेश सभा सदस्यहरुको निर्वाचन आयोगमा बुझाइएको खर्च विवरण सार्वजनिक गरिएको हो ।

maya metro hospital

निर्वाचन आयोगले समानुपातिकतर्फ तोकेको खर्च सीमाभित्रै सबै दलका समानुपातिक सदस्यको खर्च विवरणमा उल्लेख छ । यस प्रदेशमा ३४ दलहरुबाट समानुपातिक उम्मेदवार रहेका थिए ।

joshi vada pasal 2

प्रदेशमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस बीपी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानुपातिक तर्फ बन्द सूचिका २१/२१ जना उम्मेदवार संख्या थिए । यी उम्मेदवारले ३१ लाख ५० हजार रुपैयाँ निर्वाचनमा खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

यसमध्ये नेकपा माओवादी केन्द्रका उम्मेदवारले २० लाख ९९ हजार २५६, नेकपा एमालेका उम्मेदवारले २४ लाख ६९ हजार ८५४, नेपाली कांग्रेस बीपीका उम्मेदवारले ४ लाख ३४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारले २० लाख २० हजार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारले १ लाख २० हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ ।

समानुपातिकतर्फ आयोगको बन्द सूचीमा नेपालीका कांग्रेसका २० जना उम्मेदवार रहेका थिए । ३० लाख रुपैयाँ खर्च सीमा तोकिएको सो पार्टीका समानुपातिक सदस्यले निर्वाचनमा २२ लाख १२ हजार १२ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले आयोगलाई १९/१९ जना उम्मेदवारको बन्दसूची पेस गरेका थिए । २८ लाख ४० हजार रकम खर्च सीमा कायम गरेकोमा नेकपा एसका प्रदेश सभा सदस्यका उम्मेदवारले २७ लाख ६५ हजार ७५० र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ५ लाख ८ हजार ८७५ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.