अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकाले सडक छेउका अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाले मंगलबार नगरभित्रका मुख्य तथा सहायक सडकहरुको छेउमा अनाधिकृत रुपमा राखिएका ठेलाछाप्राहरु, निर्मित टहराहरु, टिनका पाली र निर्माण लगायत सम्पूर्ण मालसमानहरु हटाउन सूचना मार्फत अनुरोध गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा तोकिएको समयाधि भित्र स्वस्फुर्त रुपमा संरचना नहटाए नियम बमोजिम कारवाही हुने जनाइएको छ ।
