सुदूरपश्चिम विश्वविद्यालयको मूल गेटमा अनशन सुरु

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस मूल गेटमै टेन्ट लगाएर राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट विद्यार्थी सङ्गठनले अनशन सुरु गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा दोहोरो शिक्षणविरुद्ध मंगलबारदेखि आन्दोलन सुरु गरेको राप्रपा निकट विद्यार्थी सङ्गठनले जनाएको छ ।

maya metro hospital

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कञ्चनपुरका अध्यक्ष मनिसबहादुर पालले विश्वविद्यालयमा दोहोरो शिक्षणले गुणस्तर खस्किँदै गएपछि त्यसलाई हटाउने लगायतका माग राख्दै बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

joshi vada pasal 2

सरकारकी कोषबाट तलब भत्ता लिने प्राध्यापकलाई निजीमा लगानीदेखि काम गर्न दिने प्रवृत्तिले विश्वविद्यालय धराशायी बन्दै गएको विद्यार्थीहरुको आरोप छ ।

योसँगै प्राध्यापक तथा कर्मचारीको भर्ना गर्नुपर्ने, आङ्गिक क्याम्पसमा समेत प्राध्यापक कर्मचारी दरबन्दी पदपूर्तिसहित विविध समस्या समाधान गर्नुपर्ने लगायतका माग राखिएको र माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.