कञ्चनपुरबाट लागूऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ परेका छन् । पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा लागूऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् ।

maya metro hospital
raunak fals and silling

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जानकारी दिए ।

joshi vada pasal 2

एनका अनुसार रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.