पश्चिम नेपालबाट मौसमी प्रणाली भित्रिए संगै सुदूरपश्चिमका केही ठाउँमा बर्षा र हिमपात हुँदै

अत्तरिया – पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा परेको हो । मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम केही ठाउँमा बर्षा सुरु भएको छ । यसका साथै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

maya metro hospital

यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति र बुधबारसम्मै पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ ।

citizen security services

सुदूरपश्चिम र कर्णालीका हिमाली जिल्लामा भने बिहानैदेखि हिमपात भइरहेको छ । बिहीबार भने मौसम आंशिकदेखि समान्य बदली भए पनि वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

attariya hospital

मौसम बदली भइराखे पनि यसपटक हिउँद लागेदेखि नेपालमा पानी पर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.