पालिका खेलकुद समितिलाई पदभार तथा सपथ ग्रहण

कञ्चनपुर – कञ्चनपुरका विभिन्न पालिकामा गठन भएका पालिका खेलकुद विकास समितिको पदभार तथा सपथ ग्रहण गरार्ईएको छ ।

maya metro hospital

जिल्लाका पाँच पालिकाबाट पालिका खेलकुद विकास समितिका लागि सिफारिस भए बमोजिम जिल्ला खेलकुद समिति कञ्चनपुरले पालिका समितिलाई पदभार तथा सपथ ग्रहण गराईएको हो ।

joshi vada pasal 2

सोमबार एक कार्यक्रमका विच जिल्ला खेलकुद समिति कञ्चनपुरले महेन्द्रनगर कर्बडहलमा नव नियुक्त पालिका अध्यक्ष लगायतको कार्य समितिलाई नियुक्तका साथै पदभार ग्रहण गराएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीले यस अघि पालिकाबाट सिफारिस भएका पालिका खेलकुद विकास समितिका अध्यक्ष, सदस्यलाई नियुक्तका साथै सपथ पदभार ग्रहण गराईएको बताए । उनका अनुसार बेलडाँडीका अध्यक्ष नारायण सिह ठगुन्ना सदस्यहरु गणेश बिष्ट, धिरेन्द्र बहादुर शाही र जमुना सिंह बेलौरी रामेश्वर न्यौपाने सदस्य तेज बहादुर चन्द, भुपेन्द्र बहादुर शाही, जानकी चौधरी कृष्णपुरका अध्यक्ष प्रकास खडका सदस्य हिक्मत भण्डारी, प्रशान्त चौधरी, निशा थापा भीमदत्त नगरका अध्यक्ष शरद चन्द सदस्य दमन चन्द, कबिता जोशी, राजमती लावड र लालझाडी गाउँपालिका सदस्य कौशिल्या राना, खगेन्द्र जोशी, र निरज राना लगायत कार्य समितिलाई सपथका साथै पदभार ग्रहण गराएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडकाले पालिका खेलकुद समितिका अध्यक्ष, सदस्यलाई सपथ ग्रहण गराएका थिए । कार्यक्तममा अध्यक्ष खडका सहित, उपाध्यक्ष कैलाशचन्द्र गिरी, कोषाध्यक्ष सुरेन्द्र शाही, कार्यालय प्रमुख गोपाल दत्त भट्ट सहितका पदाधिकारी रहेका थिए । पालिका अध्यक्ष एव सदस्यहरुले आ–आफ्नो पालिका खेलकुद विकासका कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.