अस्थायी करार शिक्षकहरुद्धारा आफ्ना माग सम्बोधन गर्न शिक्षा मन्त्रीको ध्यानाकर्षण

अत्तरिया – अस्थायी करार शिक्षकहरुले आफ्ना माग सम्बोधन गर्न माग गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाललाई ध्यानाकर्षण पत्र बुझाएका छन । २०७२ असोज २ पछिका छुट अस्थायी करार शिक्षक, केन्द्रिय संघर्ष समितिले सोमबार मन्त्री खनाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

maya metro hospital

४ बुदे माग राखिएको ध्यानाकर्षण पत्रमा २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई एकपटक संघिय शिक्षा ऐनमा आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकलाई खुला विज्ञापनमा उमेर हद नलगाई रोजगारीबाट विस्थापित नगर्न माग गरिएको छ ।

citizen security services

त्यस्तै ध्यानाकर्षण पत्रमा एकपटक पनि आन्तरिक परीक्षाको अवसर विना विस्थापित गरिएका शिक्षकहरुलाई पुनः स्थपित गरी आन्तरिक परीक्षाको व्यवस्था गरियोस भनी माग गरिएको छ ।

attariya hospital

माग पत्रमा समितिका अध्यक्ष अनिता थापा, उपाध्यक्ष राम बस्नेत र महासचिव इन्द्रमणि सुनुवारले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.