सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन सकेको छैन : मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।

maya metro hospital

मुख्यमन्त्री रालवले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

joshi vada pasal 2

‘राजनीतिको सारथिका रूपमा मलाई आम जनताले निर्वाचित गराएका छन्। यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकांक्षाका लागि पद र प्रतिष्ठाका लागि होइन। मूलतः यो ती ग्रामिण क्षेत्रका नागरिकको समस्या र पीडा र राष्ट्र र राष्ट्रियता र समावेशीताको मुद्दासँग जोडिएको छ’, उनले भने ।

मुख्यमन्त्री रावलले सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौँमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उनले औंल्याए ।

‘सुदूरपश्चिमका लाखौँलाख झुपडीकोहरूको एकत्वलाई मैले हेर्न जरुरी छ। सामाजिक विकृति र विसंगतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ। काठमाडौँमा कुमारी प्रथाको देवत्व भएझैँ सुदूरका सामाजिक–सांस्कृतिक परम्परालाई उजागर गरेर भोलिका दिनमा प्रडक्टका रूपमा ल्याउने चुनौती पनि मसँग छ’, उनले भने ।

सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालोका लागि उनले आग्रह गरे । ‘अब सुदूर होइन, सुगम कसरी बनाउन सकिन्छ? यो क्षेत्रका पीडा उजागर गरेर समाधान कसरी गर्न सकिन्छ, अब यसमा हातेमालो गरौँ। देउडा कल्चरको मान्छे हुँ म, सखिया नृत्य नाच्ने क्षेत्रको मान्छे हुँ म। होली नाच नाच्ने क्षेत्रको मान्छे हुँ। यो कल्चरल फ्युजनलाई लिएर हामी कसरी अघि बढ्न सक्छौँ? यहाँहरूसँग हातेमालो गर्न चाहन्छौँ’, मुख्यमन्त्री रावलले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.