सुदूरपश्चिममा नबिल एसएसई कार्यक्रमको पहिलो संस्करण सम्पन्न

धनगढी – नबिल बैंकले यसैवर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमको पहिलो संस्करण सुदूरपश्चिममा सम्पन्न भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाको पहिलो संस्करण सोमबार सम्पन्न भएको हो ।

maya metro hospital

उक्त कार्यक्रमबाट दीक्षित २२ जनालाई सोमबार एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरियो । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै मेयर हमालले धनगढीका युवाहरुलाई उद्यमशिल बनाउँने नबिल बैंक र एसपीए कलेजले खेलेको भूमिकाको प्रशंशा गरे ।

joshi vada pasal 2

‘युवाहरुलाई व्यापार व्यवसाय, उद्यममा लगाउन सकियो भने समाज, राष्ट्रको विकास आफै हुन्छ,’ हमालले भने, ‘धनगढीमा एसपीए कलेजसँगको सहकार्यमा नबिल बैंकले गरेको प्रयास सह्रानीय छ । आगामी दिनमा यस्ता अन्य कार्यक्रम हुने विश्वास लिएको छु ।’

raunak fals and silling

नबिल बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख टेकराज भट्टले २२ जना उद्यमीलाई पहिलो कार्यक्रममार्फत विकास गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले पहिलो ब्याचका विद्यार्थीलाई लिडरसिप ग्रुम गरेको र उनीहरु ढुक्कसँग व्यवसाय गर्न सक्ने अवस्थामा पुगेको बताए ।

एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले दीक्षित सहभागीहरुलाई बधाई ज्ञापन गर्दै सहभागीमध्ये उत्कृष्ट उद्यमशिल आइडियालाईलाई एसपीए कलेजले लगानी गर्ने बताए । कार्यक्रम संयोजक प्रेमराज जोशीले समग्रममा कार्यक्रम सफल भएको बताए । उनले कार्यक्रमको उदेश्यअनुरुप युवाहरुलाई उद्यमशिलताको मार्गमा अघि बढाउँन सकिएकोमा सन्तुष्टि व्यक्त गरे । संयोजकका रुपमा जोशीको यो अन्तिम कार्यकाल समेत थियो ।

अब संयोजकका रुपमा एसपीए कलेजका उपप्राध्यापक मनोज भट्टले कार्यक्रम अघि बढाउँनेछन् । नयाँ ब्याचका लागि समेत आवेदन आह्वान भईसकेको छ । आवोदन दिन चाहने विद्यार्थीले एसपीए कलेजको वेवसाइट तथा सामाजिक सञ्जालमा गएर अनलाइन फाराम भर्न सक्नेछन् ।
एसपीए कलेजका प्रमुख योगराज उपाध्यायले नबिल बैंकसँगको सहकार्यमा कलेजले युवाहरुलाई उद्यम बनाउँने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातैवटा प्रदेशका विभिन्न सातवटा कलेजहरुसँग साझेदारी गरेको छ । सुदूरपश्चिमका लागि बैकले एसपीए कलेजलाई रोजेको हो । नबिल बैंकले यस कार्यक्रममार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.