कृष्णपुरको ग्वासी समैजी मन्दिरमा माघ १४ गते मेला लाग्ने

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मालुवेलामा रहेको ग्वासी समैजी मन्दिरमा (जाँत) मेला लाग्ने भएको छ । हरेक बर्ष झै यस बर्ष पनि बसन्त पञ्चमीको दिन अर्थात माघ १४ गते मेला लाग्दैछ ।

maya metro hospital

धार्मीक र पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको उक्त मन्दिरमा दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वास रहिआएको छ ।

citizen security services

उक्त मन्दिरमा लाग्ने मेला भन्दा २ दिन अगाडी ग्यासी समैजीको मुल मन्दिर रहेको गोदावरी नगरपालिका – १२ वड्डिमछेलि कुमिझालमा मेला लाग्ने गरेको मेला व्यवस्थापन समितिका संयोजक जिवन राज भट्टले बताए । उनले माघ १३ गते राती रतेडी हुने बताए । मालुवेलामा रहेको मन्दिरमा माघ १४ गते बिहान ८ बजे देखि नै मेला लाग्ने आयोजनकले जनाएको छ ।

attariya hospital

मेलामा कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराबाट पनि मानिसहरु दर्शन गर्न आउने गरेका छन् ।

एक हेक्टर क्षेत्रफलमा फैलिएको उक्त मन्दिरलाई कृष्णपुर नगरपालिकाले मुख्य धार्मीक र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि डिपिआर नै बनाएर काम अगाडी बढाएको छ ।

चुरे नजिकै रमणिय क्षेत्रमा रहेको उक्त मन्दिरलाई व्यवस्थित वनाउन नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा १९ लाख ९५ हजार रुपैयाँको लागतमा डिपिआर निर्माण गरेको थियो । सोही योजना अन्तरगत नगरपालिकाले केही मन्दिरका संरचना पनि निर्माण गरेको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.