कञ्चनपुरबाट घरमा लुकाएको अवैध काठ बरामद

कञ्चनपुर – कञ्चनपुरको लालझाडीबाट घरमा लुकाएको अवैध काठ वरामद गरिएएको छ । सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका –५ देखतभूलीका ६ घरबाट अवैध काठ बरामद गरेको हो ।

maya metro hospital

सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद गरिएको बताए ।

joshi vada pasal 2

उक्त काठमध्ये सुविता रानाको घरबाट ६.८७ क्युफिट काठ चिरान, ३८.२८ क्युफिट काठ गोलिया, मोति रानाको घरबाट १५.१८ क्युफिट काठ चिरान, ३८.०१ क्युफिट काठ गोलिया, मोलो रानाको घरबाट ३३.७४ क्युफिट काठ चिरान, काली रानाको घरबाट १९.०१ क्युफिट काठ चिरान, विक्रम रानाको घरबाट २७.१४ क्युफिट काठ र भङगी रानाको घरबाट ३२.९४ क्युफिट गोलिया बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.