घोडाघोडीमा ३ प्रजातिका चरा थपिए

धनगढी– कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) मा तीन प्रजातिका चरा थपिएका छन् । थपिएका चरा प्रजातिमा हरियो लामपुच्छ्रे, ठूलो वन परेवा र सुन्दर निलटभा रहेका छन् । हरियो लामपुच्छ्रे मध्यपहाडी क्षेत्रमा पाइन्छ ।

maya metro hospital

जाडोयाममा यो चरा कैलालीसम्म पुग्ने गर्छ । पछिल्लो समय चरा गणनाका क्रममा सो सेन्चुरीमा तीन प्रजातिको चरा थपिएको पाइएको हो । योसँगै घोडाघोडीमा पाइने चरा प्रजातिको सङ्ख्या ३६३ पुगेको छ । यसअघि ३६० प्रजातिका चरा रहेको अभिलेख थियो। घोडाघोडी विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार पनि हो ।

citizen security services

यस्तै ठूलो वन परेवा कैलालीको अन्य क्षेत्रमा यसअघि पाइएको थियो। ठूलो वन परेवा युरोपमा बढी पाइने गरेको जनाइएको छ । घोडाघोडी क्षेत्रमा ६० वटा ठूलो वन परेवा देखिएका थिए । यसैगरी सुन्दर निलटभा हिमाली चरा हो। जाडोयाममा तल झर्ने यो प्रजातिको चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा एउटा मात्रै देखा परेको छ ।

attariya hospital

तीनवटै प्रजातिका चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पहिलो पटक अभिलेख भएको चराविद् हिरूलाल डङ्गौराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.