उपसभामुख रानाले आज ५ बजे शपथ लिने

काठमाण्डौं – नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

maya metro hospital

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

citizen security services

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराउनेछन् । उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन् ।

attariya hospital

उपसभामुखमा निर्वाचित भएपछि उनले हिजो मात्र पार्टीको सबै जिम्मेवारीबाट अलग भएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.