अत्तरियामा जारी महोत्सवको आज समापन गरीने, समापनमा देउडा र लोकदोहरी घन्किने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज अन्तिम दिन । पौष २७ गते देखि सुरु भएको महोत्सवको आज समापन गरिदैं छ ।
आज दिउँसो १ बजे महोत्सवको मुख्य प्रवद्धक रहेको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा महोत्सवको विधिवत समापन गरिने भएको छ ।

maya metro hospital

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालन गरिएको महोत्सवको दिउँसो समापन गरिएपनि त्यसपछि राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुती राखिने संघका अध्यक्ष अशोक राज देवकोटाले जानकारी दिएका छन ।

joshi vada pasal 2

उनका अनुसार आजको महोत्सवमा देउडा गायक भोजराज भट्ट र लोकदोहोरी गायिका कल्पना दाहलको बिशेष प्रस्तुती रहने छ । जसका कारण महोत्सव देउडा र लोकदोहरीमय हुने आयोजकको विश्वास छ ।

यसका अलावा स्थानीय कलाकारले पनि महोत्सवमा प्रस्तुती राख्ने आयोजनकले जनाएको छ । गोदावरी नगरपालिका – २ लामीताल परिसरमा सञ्चालित महोत्सवमा विद्यार्थीलाई ५० र अन्यलाई ८० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । महोत्सवमा फरक क्षमता भएका व्यक्तिहरु, जेष्ठ नागरिक तथा एकल महिलाका लागि प्रवेश निःशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.