अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसिज वर्ष २०२३ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आईतबार सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य प्रकाश बहादुर बमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बमले जेसिजले युवाहरुको व्यक्तित्व विकाश र नेतृत्व विकासको काम गरिरहेको बताउनुभयो । उहाँले जेसिजले आफ्नो आस्थाका रुपमा धर्म र लोकतन्त्रलाई अगाडी बढाएको र त्यहीबाट आफु प्रभावित भएको बताउनुभयो ।

उहाँले देशमा बेरोजगार युवाहरुको संख्या दिनानुदिन बढ्दै गएको र त्यस्ता युवाहरुको व्यक्तित्व विकाश गर्न सके उनिहरु आत्मनिर्भर बन्न सक्ने पनि बताउनुभयो । उहाँले विभिन्न कुलतमा फसेका र बाटो बिराएका युवाहरुलाई सही बाटोमा ल्याउने काम जेसिजले गरेको बताउनुभयो । युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास अन्यन्तै जरुरी रहेको बताउदै उहाँले त्यसका लागी जेसिज आस्थामा सहभागी हुन युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अत्तरिया जेसिजका सम्पुर्ण पुर्व अध्यक्षहरुको सहभागीता रहेको थियो । यसअघि यही पौष २७ गते भएको अत्तरिया जेसिज वर्ष २०२२ को ११औ वार्षिक साधारण सभाबाट जेसिजको वर्ष २०२३ का लागी मान ऐर अध्यक्षमा निर्वाचित भएका थिए ।