बाल संरक्षण योजना बनाउँदै डोटीका स्थानीय तह

दिपायल – बाल संरक्षण योजना निर्माणका लागि डोटीका स्थानीय तह लागिपरेका छन् । दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ ।

maya metro hospital

नगरपालिकाले निर्माण गर्न लागेको पञ्चवर्षीय रणनीति योजना नगरभित्र रहेका बालबालिकाको वास्तविक समस्या एवं सवाललाई सम्बोधन गरी बालबालिकाका आवश्यकतालाई सधैँ ध्यान दिई सोही अनुरुपका नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइने नगरप्रमुख बाजीसिंह खड्काले बताए ।

citizen security services

साथै हिंसा, शोषण, दुव्र्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो । बालबालिका हिंसा, शोषण र दुव्र्यवहारबाट पीडित रहेकाले यसलाई समाधानका लागि नगरपालिकाकाले नीति, नियम, कार्ययोजना बनाइ अघि बढ्ने नगरप्रमुख खड्काले बताए ।

attariya hospital

नगरभित्र रहेका सबै बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवामा सुधार ल्याउन बालबालिकाको सुरक्षा, संरक्षण, विकास र सहभागिता अभिवृद्धि गर्दै बालअधिकारको सम्मान, पालना, संवद्र्धन, परिपूर्ति एवं बालमैत्री स्थानीय तह निर्माण गरिने जनाइएको छ ।

बालबालिकाको सर्वोत्तम हित कायम गर्न नेपालको संविधानको भाग १८ धारा, २२६ ले दिएको अधिकार तथा स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद १५ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि तयार गरी बल्र्डभिजन इन्टरनेसनल नेपाल र समान पहँुच विकास केन्द्र डोटीको सहयोगमा नगरपालिकाले बाल संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्ने जनाएको छ ।

नगरपालिकाको बाल संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण कार्यमा सहयोग गरिएको परियोजना बाल संरक्षण अधिकृत दिपीका बोहराले बताए ।

बाल संरक्षण रणनीतिक योजना निर्माणका लागि वल्र्डभिजन इन्टरनेसनल नेपाल र समान पहँुच विकास केन्द्रले नगरपालिकाको बाल संरक्षणको अवस्थाका बारेमा गरेको अध्ययन प्रतिवेदनमाथि बृहत् रुपमा छलफल भई खाका तयार गरिएको नगर उपप्रमुख कलावती साउदले बताए । बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवाहरुमा सुधार ल्याउन बालबालिकाको सुरक्षा, संरक्षणमा नगरपालिकाले विभिन्न योजना बनाइ अघि बढ्ने पनि नगर उपप्रमुख साउदले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.