आलितालमा तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि किसानलाई सहज

डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।

maya metro hospital

केन्द्र व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय अगुवा किसान जोगबहादुर मडैको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको वडाध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

joshi vada pasal 2

अहिलेसम्म स्थानीय उत्पादनले बजार नपाउँदा समस्या भएको थियो । थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकामा सङ्कलन केन्द्रमार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने समूहका अध्यक्ष मडैले जानकारी दिए ।

raunak fals and silling

आलिताल–२ को बाँझो जमिन सदुपयोग गरी नगदेबाली, दलहनबाली, बेमौसमी तरकारी खेती, फलफूल खेती, र मसला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउने र स्वरोजगार सिर्जना गरी सो वडालाई हरियालीसहित कृषि क्रान्तितिर लैजाने योजनाका साथ सङ्कलन केन्द्र स्थापना गरिएको वडाध्यक्ष मल्लले जानकारी दिए ।

तरकारी सङ्कलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा सम्लग्न किसानले सास्ती खेप्दै आएका थिए । सङ्कलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पु¥याएर बिक्री गर्न सहज हुनाका साथै कैलालीको धनगढीदेखि कोहरपुरसम्म तरकारी पु-याउन सकिने विश्वास गरिएको छ ।

बजार सहजभएपछि हर्षित यहाँका किसान तरकारी उत्पादनमा हौसिएका छन् । वडाभित्र रहेको अन्य बाँझो जमिन पनि सदपयोग हुने जनाइएको छ ।

रासस

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.