दार्चुलामा भेटिएको शवको पहिचान

दार्चुला – शनिबार शैल्यशिखर नगरपालिका–९ स्थित चौलानी किनारमा भेटिएको महिलाको शव पहिचान भएको छ । नदी किनारमा फेला परेको शव सोही नगरपालिका २ नम्बर वडाकी २२ वर्षीया धनमती भट्टको रहेको प्रहरीले जनाएको छ ।

maya metro hospital
raunak fals and silling

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको कार्यालय पछाडि नदी किनारमा भेटिएको शव शैल्यशिखर नगरपालिका–२ तौकी बस्ने माधव भट्टकी श्रीमती धनमतीको हो ।

joshi vada pasal 2

अहिले शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटना थप अनुसन्धान भइरहेको इप्रका गोकुलेश्वरका इन्चार्ज वीरेन्द्र थापाले बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.