कृष्णपुरमा २ महिनामा नापिको काम सक्छौ : नगरप्रमुख ओझा

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले २ महिना भित्र नापिको काम सक्ने बताएका छन । आईतबार नगरले आयोजना गरेको नगरस्तरिय माघि विशेष सांस्कृतिक कार्यक्रम मा पत्रकारहरुसँग बोल्दै नगरप्रमुख ओझाले उक्त कुरा बताएका हुन ।
उनले कुनै पनि स्थानमा विवाद नआए २ महिनाभित्रै नापको काम सकिने बताए ।

maya metro hospital

‘ठुला वडाहरुमा नापिको काम भैसकेको छ, अन्य वडाको नापिको काम लगभग २ महिना भित्र सिध्याउछौँ’ उनले भने ‘केही बाधा व्यवधान आए १ महिना थप लाग्ला । समग्रमा ३ महिनामा नापिको सबै काम सकिन्छ ।’ उनले नगरको वडा नं. १, २, ४ र ९ मा नापिको काम सकिसकिएको र वडा नं. ५, ६, ७ र ८ मा बाँकी रहेको बताए । उनले ३ नम्बरमा भने हाल नापिको काम चालु रहेको बताए । उनले नगरले नापिको कामलाई तिब्रता दिएको बताए । ‘हामीले नापिको कामलाई द्रुत गतिमा अगाडी बढाएका छौ’ उनले भने ‘हालसम्म करिब ७० प्रतिशत काम सकिईसकेको छ, अब बाँकी काम पनि तिब्र गतिमा सम्पन्न हुन्छ ।’ उनले पुरानो आयोगले गरेर बाँकी रहेको काम र अव्यवस्थीत बसोबासीहरुको काम नगरले गरिरहेको बताए ।

joshi vada pasal 2

सरकार परिवर्तन भएसँगै कृष्णपुरमा जग्गा नापिको काम रोकिन्छ कि भन्ने दुविधामा रहेका नगरबासीहरुलाई दुविधामा नपर्न उनले आग्रह गरेका छन । उनले कृष्णपुरमा कुनै पनि हालतमा जग्गा नापिको काम नरोकिने बताए । ‘सरकार परिवर्तन भएकाले नापिको काम रोकिन्छ कि भन्ने दुविधामा अहिले हाम्रा नगरबासीहरु हुनुहुन्छ’ उनले भने ‘तर तपाईहरु नआत्तिनुस, हामिलाई नापि गर्ने अधिकार छ, हामीले ठुलो बजेट पनि छुट्याएका छौ, यहाँ कुनै पनि हालतमा नापिको काम रोकिदैन ।’

उनले नापिको काम सकिएपनि लालपुर्जाका लागी लाग्ने शुल्कका कारण विवाद हुने गरेको बताए । ‘नजिकैका छिमेकी नगरहरुमा पनि नापि पछिको शुल्कका कारण लालपुर्जा वितरण गर्न सकिएको छैन, हाम्रोमा पनि अवस्था त्यहि हुने हो’ उनले भने ‘त्यहि भएर हामीले लालपुर्जा वितरणको काम रोकेर सरकारलाई शुल्क घटाउन अनुरोध गरेका छौ, शुल्क घट्ने वित्तिकै हामीले लालपुर्जा वितरणको काम सुरु गर्छाै ।’

यस अघिको सरकारसँग शुल्क घटाउन अनुरोध गरेको र सरकार सकारात्मक रहेको बताउदै उनले अहिलेको सरकार पनि शुल्क घटाउनमा सकारात्मक देखिनुपर्ने बताए । ‘मलाई लाग्छ, अहिलेको सरकार पनि शुल्क घटाउनमा सकारात्मक हुनेछ’ उनले भने ‘किनकी नापिको चर्काे शुल्क लिन खोज्दा सरकारको योजना नै लागु हुदैन ।’ उनले मान्छेले जग्गा बेचेर जग्गा नम्बरी बनाउनुपर्ने अवस्था रहेकाले त्यस्तो नहोस भन्नका लागी सरकारसँग अपिल गरिरहेको बताए । उनले रकम घटे पुर्जा वितरण गरौला भन्ने विषयमा रोकिएको र सरकारलाई शुल्क घटाउन घचघच्याईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.