अत्तरियाबाट लागुऔषध सहित एक युवक पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट लागुऔषध सहित एक युवक पक्राउ  परेका छन् ।

maya metro hospital

अत्तरिया बसपार्क नजिकैबाट गोदावरी नगरपालिका–२ रिङरोडमा बस्दै आएका ३० वर्षीय राजेश पाललाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

citizen security services

पाल सवार म २ प १५३० नम्बरको स्कुटी शंकाका आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ५४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ ।

attariya hospital

पाल डडेल्धुराको अमरगढी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.