अत्तरिया
भाको एउटा जाले रुमाल फुल भरेको छैन
होइ भाको एउटा जाले रुमाल फुल भरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना पिरतीमा बैना
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको

नेपाली लोक दोहरी गितको क्षेत्रमा एउटा नयाँ इतिहास रच्न सफल गित हो ‘सालको पातको टपरी’ । युट्युवमा दोहरी गितहरु मध्ये सबैभन्दा धेरै हेरीएको यो गितमा ८ करोड ४४ लाख भन्दा बढी भ्यू पुगिसकेको छ ।

यही चर्चित गितका गायक कुलेन्द्र विसी कैलालीको अत्तरियामा जारी महोत्सवमा आज आफ्नो प्रस्तुती राख्न आउदैछन् । वसन्त थापाको सङ्गीत रहेको यो गितमा विष्णु माझीको पनि स्वर रहेको छ ।

विसीले यसका अलावा डाडै फुर्के सल्लो, रुमाल हल्लाई हल्लाई, नजाउ है सानु पधेरीमा लगायतका गित गाएका छन । उनका यी गितमा दर्शकले भरपुर मनोरञ्जन लिन सक्ने आयोजकले विश्वास लिएको छ ।
महोत्सवमा विसी संगै गणेश चौतारी र सुरेश चोखालले पनि आफ्नो प्रस्तुती राख्ने भएका छन । महोत्सवमा अन्य स्थानीय कलाकारको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।
गोदावरी नगरपालिका – २ लामीताल परिसरमा सञ्चालित महोत्सवम पुस २७ गते देखि सुरु भएको थियो । महोत्सव भोलि सकिदैछ ।