दार्चुलामा एक महिलाको शव फेला

दार्चुला – दार्चुलाको गोकुलेश्वरस्थित चौलानी नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरमा चौलानी नदीको किनारमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

maya metro hospital

इलाका प्रहरी कार्यालय गोकुलेश्वबाट प्रहरी निरीक्षक विरेन्द्रसिंह थापा नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । नगरपालिका कार्यालयको पछाडी नदी किनारमा शव फेला परेको र पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

joshi vada pasal 2

शव नदीमा बग्दैआएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.