धनगढी – कैलालीमा आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका श्रीमान पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोप लागेका कैलारी गाँउपालिका – ७ का ५४ बर्षिय प्रेम बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७७ असोज २६ गते प्रेम बिकले ५० बर्षीय श्रीमती विरमा विकलाई आफ्नै घर कोठामा निलडाम हुनेगरी कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अनुसन्धानबाट श्रीमानले नै श्रीमतीको कुटपिट गरी मारेको खुल्न आएको प्रहरीको दावी छ । विकलाई घरबाटै पक्राउ गरी कर्तव्यज्यान मुद्धा शिर्षकमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।