धनगढीमा जारी डीसीए कपमा पञ्चोदय र नेपाल पुलिस विजयी

धनगढी – धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्चोदय मावि र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।

maya metro hospital

नेपाल पुलिस स्कुलले धनगढी नमुना स्कुललाई ३६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका जनक विष्टले ३६, शंकर बोहराले १९ र सन्तोस बलमे १४ रन जोडे । धनगढी नमूना इलेन सिंहले ४, जीवन कार्की र सागर मल्लले समान २–२ विकेट लिए ।

citizen security services

जवाफी ब्याटिङमा उत्रिएको धनगढी नमूना स्कुलले १४.१ ओभरमा सबै विकेट गुमाएर ६८ रनमात्रै बनाउँन सक्यो । धनगढीका किरण कार्कीले ३२ बलमा ५ चौकासहित २८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । पुलिसका प्रदीप सिंहले ४ विकेट लिए । खेलका म्यान अफ द म्याच पुलिसकै जनक विष्ट चुनिए ।

attariya hospital

त्यसअघि शनिबार बिहान भएको खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीलाई १ विकेटले हराउँदै पञ्चोदयले रोमाञ्चक जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पञ्चोदलयका आकाश चौधरीले २४ रन जोडे । ४६ बलमा उनले ४ चौका प्रहार गरेका थिए । यस्तै सुरज कडायतले १२, सन्देश पौडेलले १०, रोशन साउदले ७ तथा सुधांशु रावलले ५ रन थपे ।

वेस्टर्न क्रिस्छलका सुवास बुढा, तुलाराम ढाट र पुष्कर सापकोटाले समान २–२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको पन्चोदयले १५.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेटायो । उसका तुलाराम ढाटले १३, दीपेन्द्र साहले २३ र रोशन विकले ११ रन जोडे ।

पञ्चोदयका सुधांशु रावलले ४, सुरज कठायतले ३ तथा रोशन साउाद र पारस बुढाले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच पञ्चोदयका तुलाराम ढाट घोषित भए । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए । त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.