अत्तरिया महोत्सवमा चक्र बमको ‘धमाका’

अत्तरिया – कैलालीको अत्तरियामा जारी महोत्सवमा लोक पप तथा देउडा गायक चक्र बमले धकाकेदार प्रस्तुती राखेका छन् । उनले आफ्नो चर्चित गित गाउँदा दर्शकहरुको भरपूर साथ पाएका थिए । उनले महोत्सवमा डिजे वालाले, भन साली तेरी दिदीका छ, पहाडकी मैना चरी लगायतका चर्चित गित गाएका थिए ।

maya metro hospital

उल्लेख्य संख्यामा दर्शकको साथ पाएका बमका गितमा मञ्च अगाडी उभिएका दर्शकहरुले भरपुर मनोरन्जन लिइरहेका थिए । बिशेष गरेर युवा पुस्ताका बमका फ्यानले गितमा नाच्दै रमाइरहेका थिए ।

joshi vada pasal 2

महोत्सवमा शनिबार गायक बम संगै गायक रेश विसी र नृत्यङ्गना लक्ष्मी सुनार संगै स्थानीय कलाकारहरुले पनि आफ्ना प्रस्तुती राखेका थिए ।

पौष २७ गतेबाट सुरु भएको अत्तरिया महोत्सवमा माघ ९ गते संम्म संचालन हुने आयोजनक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा आकर्षकको रुपमा लागितालको डुंगा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.