बैतडीमा टि – २० महिला क्रिकेट प्रतियोगिता आयोजना गरिने

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा माघ ९ गतेदेखि नगर स्तरीय महिला टि – २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

maya metro hospital

सहिद दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताका खेलहरू देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।

citizen security services

नगरका ७ टोलीको सहभागिता रहने प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

attariya hospital

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरूको क्रिकेट खेलतर्फ रूची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.