धनगढी – प्रहरीले अबैध लागू औषध चरेस सहित एकजनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी अन्तर्गत क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा कन्चनपुरको भिमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेस सहित बझाङ केदारसीऊ गाउपालिका वडा नं.७ वस्ने वर्ष ४० को करन धामी लाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले बताए ।

पक्राउ परेकालाई कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कन्चनपुरको जिम्मा लगाइएको डिआइजी सिंहले बताए ।

त्यस्तै क्षेत्रीय अनुसन्धान समुहले भजनी नगरपालीका बिभिन्न वडाबाट चोरीका ३ थान मोटरसाइकल बरामद गरी थप अनुसन्धान भैरहेको डिआइजी सिंहले बताए ।
बिहिवार कमान्ड सम्हालेका सिंहले मातहतका प्रहरीलाई इमानदारीताका साथ जनताको सेवामा लाग्न निर्देशन दिएका थिए । सिंहले आजै प्रदेशका नौ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढीमा भेला गराई इमान्दारीका साथ दत्तचित्त भै कुनै आर्थिक प्रलोभनमा नपरी सेवामा खटिन निर्देशन दिएका छन ।
