धनगढी – कैलालीको प्रमुख जिल्ला अधिकारीका किरण थापाको सरुवा भएको छ । उनको स्थानमा युवराज कटेल आउने भएका छन् ।

शुक्रवार उपप्रधान तथा गृहमन्त्री स्तरको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा भएको छ ।

सोही अनुरूप थापाको नुवाकोट सरुवा भएको र जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत कटेल कैलाली आउन लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।