कैलालीमा सञ्चालित आयोजनाको विवरण पेश निर्देशन

धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा सञ्चालित आयोजनाको विवरण पेश गर्न आयोजना कार्यालयलाई निर्देशन दिएको छ । आयोजनाका नाममा जथाभावी चलेका क्रसरलाई व्यवस्थित गर्न गराउन कार्यालयहरूलाई सो निर्देशन दिएको हो ।

maya metro hospital

जिल्लामा आयोजनाका नाममा जथाभावी क्रसर संचालन भएको पाईएकोले नियन्त्रण गर्न जरूरी रहेको हुँदा कार्यालयले सोमबार भित्र विवरण पेश गर्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

joshi vada pasal 2

आयोजना कहिले संचालन भएको? सम्पन्न हुने मिति, के कति नदिजन्य पर्दाथ (ढुंगा, बालुवा, गिट्टी) आवश्यक हो र कति मौज्दात रहेको छ भनेर विस्तृत विवरण माग गरिएको उनले बताए ।

प्रशासनले जिल्लामा अबैध रूपमा संचालनमा रहेका ४ क्रसर कम्पनिलाई बन्द गर्न निर्देशन दिई सकेको छ भने आयोजनाका नाममा जथाभावी संचालनमा रहेका क्रसरलाई नियन्त्रण गर्न विवरण माग गरिएको उनले बताए ।

उनले भने क्रसरलाई बन्द गराईदा विकास निर्माणमा अप्ठ्यारो हुन्छ । ठप्पै बन्द गर्न त भन्न सकिँदैन तर, कानुन सम्मत ढंगले आयोजनाका नाममा रहेका क्रसर जानुपर्छ ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी अध्यक्षतामा आयोजना कार्यालयका पदाधिकारी तथा कन्स्ट्रक्न संचालक लगायतसंग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.